चन्दका कार्यकर्ता कारागारमा



पोखरा

नेत्रविक्रम चन्द नेतृत्व समूहका तीन कार्यकर्तालाई भीमफेदी कारागारमा चलान गरिएको कारागारले जनाएको छ ।

चन्द समूहका मकवानपुरका इञ्चार्ज वीरबहादुर घलानसहित प्रहरीले पक्राउ गरेका अन्य दुई कार्यकर्तालाई विभिन्न समयमा जिल्ला अदालत मकवानपुरले कारागार पठाएको हो । घलानलाई जिल्ला अदालत मकवानपुरले गत जेठ १३ गते कारागार पठाएको थियो । जिल्ला न्यायाधीश धु्रवकुमार पियाको एकल इजलाशले रु २५ हजार धरौटी लिइ उनलाई तारेखमा छोड्न आदेश गरेको भए पनि घलानले सो धरौटी रकम नतिरेपछि कारागार पठाइएको हो ।

त्यसैगरी अदालतले चन्द समूहका मकवानपुरका आर्थिक विभाग प्रमुख सूर्य अर्याल र कार्यकर्ता राजकुमार पाख्रिनलाई पनि हिजो जेठ २६ गते कारागार पठाएको छ । जिल्ला न्यायाधीश षडानन्द तिवारीको एकल इजलाशले उनीहरुलाई रु पाँच/पाँच हजार धरौटी लिइ तारेखमा छोड्न आदेश गरे पनि उनीहरुले सो धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja