पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ
![](https://www.pokharaaaja.com/wp-content/uploads/2019/06/https___cdn.cnn_.com_cnnnext_dam_assets_190610153138-zardari.jpg)
पोखरा
पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले भने आफुमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । हत्या गरिएका पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएको थियो ।
उहाँलाई पक्राउ गर्ने बेलामा प्रहरी र उहाँका समर्थकहरुबीचमा केहीबेर सानो खालको झडप समेत भएको थियो । उहाँ पाकिस्तान पिपल्स पार्टीका नेता हुनुहुन्छ । पटक पटक विवादित बन्दै आउनुभएका जर्दारीलाई यसअघि भ्रष्टाचार सम्वन्धी मुद्दाकै विषयमा ११ बर्षको जेल सजाय सुनाइएको थियो । पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै सात बर्षे जेल सजाय भोगिरहनु भएको छ ।