‘जागरण अभियानले पार्टीमा नवीन ऊर्जा’: काँग्रेस



पोखरा

नेपाली काङ्ग्रेसले सञ्चालन गरेको पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि भएको जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा वैशाख २५ गते शुरु भई यही जेठ २५ गते सम्पन्न भएको राष्ट्रिय जागरण अभियानले पार्टीका नेता तथा कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि भई सम्पन्न भएको बताउनुभएको छ । काङ्ग्रेसको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्नुहुने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सम्मान प्रकट गर्दै गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने केन्द्रीय प्रतिनिधिको क्रियाशीलताको सभापति देउवाले प्रशंसा गर्नुभएको छ ।

जागरण अभियानका क्रममा कुशल नेतृत्व गर्ने सबै जिल्ला सभापति र जिल्ला समिति, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबैलाई काङ्ग्रेसले बधाई ज्ञापन गरेको छ । काङ्ग्रेसले जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढाउने सङ्कल्प गरेको छ । सभापति देउवाले अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधिविरुद्ध थप जागरण बढाउँदै एकताबद्ध ढङ्गले अगाडि बढ्न सबैलाई अपिल गर्नुभएको छ । काङ्ग्रेसले लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गरी सङ्घीयताको सफल कार्यान्वयन गर्न/गराउन दबाबको प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja