विदेशी धर्म भित्रनु विकास होइन : कमल थापा



पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा शनिबार बागलुङमा जानुभएका थापाले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको बताउनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले जनताले ठूलो राजनीतिक परिर्वतन गराए पनि जनताको जीवन परिवर्तनको अनुभव गर्न नपाएको बताउनुभयो । देशमा अहिले सतहमा शान्ति भए पनि वास्तवमा शान्ति नआएको बताउँदै थापाले भन्नुभयो, “अहिलेको अवस्थामा धनी र गरीबको बीचमा झनै दूरी बढ्यो ।”

पैसाको लोभमा विदेशी धर्म भित्र्याएर समृद्ध नेपाल नबन्ने भन्दै अध्यक्ष थापाले स्वाभिमानपूर्वक बाँच्नका लागि हिन्दूराष्ट्रको विकल्प नरहेको दाबी गर्नुभयो । थापाले देशमा सनातन धर्मलाई मास्ने काम शुरु भएको भन्दै यसलाई खबरदारी गर्नका लागि मेची–महाकाली दोस्रो चरणको अभियान ल्याएको जानकारी गाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja