प्रबिधिको सुरक्षाका नयाँ व्यवस्था गरिने : चीन



पोखरा

चीन–अमेरिका ब्यापार विवाद जारी रहेका समय चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय अवलम्वन गर्ने बताएको छ ।

अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेद्वारा विकशित फाइभ–जी प्रबिधिका कारण राष्ट्रिय सुरक्षाको समस्या देखाउँदै यसलाई अस्वीकार गरेको र सहयोगी मुलुकहरूमा पनि यही किसिमको सन्देश फैलाएको हुवावेको दावी रहेको छ । चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय खोज्न एक शक्तिशाली ‘नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन’ लाई जिम्मा दिएको छ । जसले प्रबिधिको राष्ट्रिय सुरक्षाका लागि आइपर्ने समस्याहरूको अध्ययन गरी प्रभावकारी नीति अवलम्बन गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तर यो नयाँ उपाय व्यापार विवादसँग सम्बन्धित छ वा छैन भन्नेबारेमा केही खुलाइएको छैन । यद्यपि यसबारी थप जानकारी निकट भविष्यमा सार्वजनिक गरिने सिन्ह्वाले उल्लेख गरेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja