जङ्गली हात्तीले घर र मन्दिर भत्काए



पोखरा

महोत्तरी जिल्लाको सुकुम्वासी बस्तीमा जङ्गली हात्तीको समूहले आधा दर्जन घर भत्काएका छन् ।

बर्दिबास नगरपालिका–८ स्थित सुकुम्वासी बस्तीमा जङ्गलबाट सात/आठ वटाको सङ्ख्यामा आएको हात्तीले स्थानीयवासी विक्रम महतो, शान्ति महतो, भरत महतो, पदम भुजेल, सञ्जीव कापर र राधे विकको घर भत्काएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । ती हात्तीहरुले सोही बस्तीमा रहेको शिव मन्दिरको पर्खालसमेत भत्काइदिएको प्रहरीले जनाएको छ । बस्तीमा अचानक जङ्गलबाट हात्ती आएर घरहरु भत्काउन थालेपछि सो बस्तीमा भागाभाग भएको छ भने स्थानीयवासी निकै भयभित भएका छन् । ती हात्तीहरुले कुनै मानवीय क्षति नपु¥याएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja