धेरै बाल विवाह हुने मुलुकमा नेपाल पनि



पोखरा

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ ।

नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा बढी छन् । तथ्याङ्कअनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै बालकको (२८ प्रतिशत) बालविवाह भएको छ भने निकाराग्वा (१९ प्रतिशत) र मदगास्कर (१३ प्रतिशत) पनि बालकको बालविवाह हुने गरेको छ । सो हैसियतमा नेपाल दशौँ स्थानमा छ । नेपालमा बालक र बालिकाको उत्तिकै दरले बालविवाह हुने गर्छ ।

अध्ययनअनुसार विश्वभरि कूल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ । बालविवाह हुनेमा धेरैजसो बालिका छन् । त्यस्तै २० देखि २४ वर्षका पाँच महिलामध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो भने त्यही उमेरका ३० पुरुषमध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो । युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्नुभयो, “बालविवाह भएका बालकले उमेर नपुग्दै वयस्कको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ जसका लागि उनीहरू तयार भएका हुँदैनन् । बालविवाह भएका बालकले छिट्टै बाबुको भूमिका निभाउनुका साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ जसले गर्दा उनीहरू शिक्षा र रोजगारीका अवसरबाट वञ्चित हुन्छन् ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja