इदकै दिन इजिप्टमा आठ प्रहरी मारिए



पोखरा

 

देशभरी इद उल फितर पर्व मनाइरहेका बेला बुधबार लडाकूहरूको आक्रमणमा परी इजिप्टमा आठ प्रहरी मारिएका छन् ।

सिनाई प्रान्तमा रहेको प्रहरी कार्यालयमा भएको आक्रमणमा परी उनीहरू मारिएको अधिकारीहरूले जानकारी दिएका छन् । घटना भएको उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहले आक्रमण गर्दै आएका छन् । आक्रमणकारीमध्ये केही समूह इस्लामिक स्टेट(आईएस) लडाकूसँग आवद्ध रहेको पनि बताइएको छ । “बिहानै आतङ्कवादी तत्वहरूले प्रहरी कार्यालयलाई लक्षित गरेर आक्रमण गरेका हुन्,” गृह मन्त्रालयका एक अधिकारीले भने ।

आक्रमणकारीहरूले गोली प्रहार शुरु गरेपछि भएको दोहोरो गोली हानाहानका क्रममा आक्रमणकारी तर्फका पाँच जना र प्रहरी तर्फका आठ जना मारिएको मन्त्रालयले जनाएको छ । घटनास्थलबाट केही लडाकूहरू भागेको र सुरक्षाकर्मीहरूले उनीहरूको खोजी गरिरहेको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी घाइते भएका सुरक्षाकर्मीतर्फका तीन जनालाई भने उपचारका लागि अस्पताल लगिएको छ । चिकित्सकहरूले मृत्युहुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । सिनाई प्रान्तको प्रान्तीय राजधनी एल अरिश नजिकै रहेको प्रहरी कार्यालयमा भिडन्त भएको अधिकारीहरूले जनाएका छन् । अहिले भने आक्रमण भएको सो कार्यालय सेना र प्रहरीको ठूलो टोलीले घेरेर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja