प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौर कृषि विद्यार्थी सम्पर्क मन्चले वातावरण दिवस मनायो
पोखरा
प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौर कृषि विद्यार्थी सम्पर्क मन्चद्ले वातावरण दिवस मनाएको छ ।
विश्व वातावरण दिवस अंग्रेजी पात्रो अनुसार हरेक वर्षको जुन ५ तारिखको दिन विश्वस्तरमा बढ्दो किसिमको प्रदुर्षण र खराबीका कारण बिग्रिंदो विश्व वातावरणलाई मानव जाति र प्रकृतिअनुकूल स्वस्थकर बनाइ राखी प्रकृति र हामी बस्दै गरेको पृथ्वीको बचाऊ गर्नका निमित्त सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ ।
इ. सं. १९७२ जुन ५ देखि १६ तारिखको दिनसम्म बसेको संयुक्त राष्ट्रसंघको मातहतमा रहेको संयुक्त राष्ट्रिय वातावरण कार्यक्रम अर्थात् यू.एन.इ.पी.को निर्णय अनुसार विश्वस्तरको विध्यमान वतावारणीय खराबी, समस्याहरु र चुनौतीहरुको सम्बोधन प्राकृतिक हिसाबले स्वस्थकर वातावरण विश्व मानवजातिको निमित्त लायक बनाउन आवश्यक चेतनामूलक अभियानहरु र कार्यक्रमहरु गर्ने अभिप्रायले पहिलोपल्ट इश्वी सं. १९७३ जुन ५ मा विश्व वातावरण दिवस ‘वातावरण बचाऊ र भएको एउटै जीवयुक्त पृथ्वी बचाऊ’ भन्ने नारासहित मनाइएको थियो ।
उक्त कार्यक्रमलाइ निरन्तता दिदै २०७६ मा स्वच्छ वायु , स्वस्थ जीवन भन्ने नाराका साथ आयोजना गरिएको विश्व वातावरण दिवस प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौर मा रहेको कृषि विद्यार्थी सम्पर्क मन्च ले पनि धुमधाम साथ मनाएको छ ।ठुलो ढुङगा तीन तरो भइकुन्टे वन उपभोक्ता समिती पुरन्चौर साविक ( ६ ,७ ) तथा प्राकृतिक स्रोत व्यवस्थापन कलेज रइकर को चउरमा वृक्ष रोपन् कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मा कृषिबिद्यार्थी सम्पर्क मञ्च का अध्यक्ष सागर कोइराला ,ने बि संघ सभापति सुजन सापकोटा , राजिव बास्तोला ,नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे लगायत गरि बिद्यार्थीहरुको उपस्थित रहेको थियो । लप्सी जातको विरुवाको वृक्षरोपन गर्दै वन जङ्गल क्षेत्रमा अतिक्रमण भएको उक्त कार्य लाइ बन्द गरि खेर गइरहेका डाडा पाखालाइ सदुपयोग गर्दै हरियाली बनाइ खुशियाली रहन अनुरोध सागर कोइरालाले गर्नु भयो ।
परिक्षा चलिरहेको बेला पनि आफु यस महत्वपूर्ण कार्य मा सहभागी भइ पुथ्वी बचाउन सहयोग पुर्याउन सफल भएको भन्दै सचिव प्रज्वल आचार्य ले खुशी व्यक्त गर्नुभयो। विभिन्न बिद्यार्थी , साथी हरु को मदत ले कार्यक्रम सफल भएको अब आउने दिनमा अझ रचनात्मक कार्य बाट सकरात्मक परिवर्तन मा सहयोग पुर्याउने बताउँदै उक्त कार्यक्रम का बारे सुमन बिमलीले जानकारि दिनुभयो ।