अर्ना संरक्षित क्षेत्रमा बोरिङबाट पानी आपूर्ति



पोखरा

चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ ।

पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो । खडेरीकै कारण निकुञ्जको अन्य खोलाका मुहान पनि सुक्दै जाने क्रममा रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । पुरानो पदमपुर क्षेत्रको ३० हेक्टर क्षेत्रफलको विद्युतीय तारबारसहित अर्ना राखिएको ठाउँमा दुई हप्तादेखि जेनेरेटरको सहयोगमा दैनिक तीन घण्टाका दरले पानी खोलामा आपूर्ति गरिएको छ । उहाँका अनुसार पानी घट्दै गएपछि सो खोलाको मुहानदेखि तल्लो भागसम्म सफा पनि गरिएको थियो । सफा गर्दा पानी सुक्ने क्रम नरोकिएपछि अर्नालाई आहाल खेल्न र पानी खान समस्या देखेपछि खोलामा प्लाष्टिक बिच्छ्याएर पानी आपूर्ति गर्ने गरिएको छ ।

राप्ती नदीसँग जोडाएर तारबार गरिए खडेरीमा वन्यजन्तुलाई पानी उपभोग गर्न सहज हुने र वर्षात्को समयमा अहिलेकै ठाउँमा बस्न सक्ने उहाँको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले यो क्षेत्रमा दुई खोलामध्ये एउटा खोलामा वर्षाको समयमा पानी हुने गरेको र अर्को खोलामा बाह्रैमास पानी हुने गरेको बताउनुभयो । लामिछानेले बाह्रैमास पानी हुने खोलाको नजिक विसं २०५२ अगाडि पुरानो पदमपुरको गाउँ थियो । गाउँ स्थानान्तरण भएपछि सरसफाइ नभएकाले पानीको सतह तल्लो भागमा गएको हुनसक्ने उहाँको भनाइ छ । निकुञ्जले तीन वर्षअघि कोशीटप्पु र शुक्लाफाँटाबाट अर्ना र बाह्रसिङ्गे प्रजातिको सङ्ख्या विस्तार गर्न यहाँ ल्याएर राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja