अष्ट्रेलियामा बन्दूक आक्रमणमा परी चारको मृत्यु



पोखरा

अष्ट्रेलियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्, अष्ट्रेलियाको दैनिक पत्रिका ‘द अष्ट्रेलियन’ले प्रहरीलाई उद्धृत गरी समाचार लेखेको छ । नर्दन टेरिटरीको राजधानी डार्विनमा भएको सुटिङको तत्काल कसैले जिम्मेवारी लिएको छैन । प्रहरीले घटनामा आतङ्कवादी समूहको हात रहेको वा नरहेकोबारे अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा ४५ बर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने शहरका विभिन्नस्थानहरूलाई घेरावन्दी गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले बताए अनुसार साँझ ६ बजे केही राउण्ड गोली चलेको र उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ । तर एक प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक सानो होटेलमा करिब २० राउण्ड गोली चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja