कास्की काँग्रेसले विशाल ¥यालीसहित सभा गर्ने



पोखरा

नेपाली काँग्रेस कास्कीले विशाल ¥याली सहित सभा गर्ने भएको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य अर्जुन जोशीको विशेष आतिथित्यतामा मंगलबार वसेको संयुक्त बैठकले जेठ २५ गते विशाल ¥याली सहित सभा गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रम अन्तर्गत ¥याली सहित सभा गर्न लागिएको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । विशाल ¥याली विहान ११ वजे पोखराको पृथ्वीचोकबाट शुरु भई नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढुड्डा विपी चोकमा पुगेर सभामा परिण हुने छ ।

¥यालीमा पार्टीका सवै इकाईहरु, अभियानमा खटिएका प्रतिनिधि, भातृ संस्था तथा शुभेच्छुक संस्थाबाट आ–आफ्नो व्यानर सहित सहभागित जनाउन आग्रह गरिएको छ । बैठकले क्षेत्रीय प्रतिनिधि र क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थिति जनाउन निर्णय गरेको छ । ¥यालीको अनुगमनका लागि डिएलए कास्की, शिक्षक संघ र नेपाल प्रेस युनियन कास्कीलाई जिम्मेवारी दिइएको छ । ‘प्रथम चरणको जागरण अभियानको समापनको अवसरमा यो ¥याली निकाल्न लागेका हौं’,सभापति केसीले भने,‘¥याली व्यापक बनाउनका लागि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रियताका साथ सहभागिता जनाईदिन म आग्रह गर्दछु ।’ बैठकमा पार्टीका पदाधिकारी, भातृ संस्था तथा शुभेच्छुक संस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja