पत्रकारमाथि अंकुश लगाउनु नागरिक आवाजमाथि प्रतिबन्ध लगाउनु हो



पोखरा

प्रस्तावित मिडिया काउन्सील विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधान विरुद्ध पत्रकारहरुले विरोध गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आज आयोजना गरेको ‘प्रस्तावित मिडिया काउन्सील विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधान विरुद्ध आयोजित अन्तरक्रिया कार्यक्रम’मार्फत् कास्की पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ । कार्यक्रममा नेपाल वार एशोसियसनका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र थापामगरले गत वैशाखमा मिडिया संशोधन हुने विधेयक दर्ता भएसँगै देशभरकै पत्रकारहरु आन्दोलित भएको बताउनुभयो । उहाँले दफा १८ काउन्सीलमा मुद्दामा मध्यस्तता गर्ने प्रावधान नराखिएको र सिधै सजाय र रु २५ हजारदेखी १० लाखसम्मको जरिवाना र क्षतिपूर्ति तोकिएको व्यवस्थाले पत्रकारीतालाई कुण्ठित पार्ने बताउनुभयो । यस्तै दफा २९ सरकारको निर्देशन पालन गर्नुपर्ने भन्ने भएकाले उपाध्यक्ष थापामगरले सरकारले पत्रकारीतालाई नियन्त्रित र निर्देशित गर्न खोजेको आरोप लगाउँदैै यस्ता पत्रकारीतालाई नियन्त्रित गर्ने विधेयक प्रेस स्वतन्त्रताका लागी घातक हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार रमेश पौडेलले अहिलेको सत्तासीन सरकारले नेपाल सरकार जनताको हो भन्ने बिर्सिएर पार्टिको मात्र भएको जस्तो गरेको आरोप लगाउनुभयो । उहाँले पत्रकारमाथि अंकुश लगाउनु भनेको नागरिक आवाजमाथि प्रतिबन्ध लगाउनु हो भन्दै यो विधेयक पत्रकारको मात्र नभई आम नागरिकको भएको बताउनुभयो । उहाँले नागरिक आवाज कुण्ठित पार्न खोजिएको र सरकारले मिडियालाई रोके सबलाई रोक्न सकिन्छ भनी विधेयक ल्याएको आरोप लगाउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश प्रमुख त्रिभुवन पौडेलले पत्रकारको शैक्षिक योग्यतालाई महत्व दिनुपर्ने बताउँदै सरकारका नराम्रा काम पत्रकारले लेखेको भएर पत्रकारका कलम बन्द गरिएको आरोप लगाउनुभयो । उहाँले पत्रकारीताभित्र राजनीतिकरण छिरेकाले पत्रकारीताभित्र विकृति भित्रिएको जनाउनुभयो । उहाँले पत्रकारीताको आन्दोलनमा पार्टीका व्यक्ति आएर पक्षपोषण गरेको आरोप लगाउँदै विशुद्ध पत्रकारले यो विधेयक विरुद्ध मुद्दा उठाए यो आन्दोलन सफल हुने बताउनुभयो ।

कार्यक्रममा काँग्रेस जिल्ला सभापति कृष्ण के.सी.ले पत्रकारलाई नियन्त्रण गर्ने, निर्देशन दिने, दण्ड दिने नियमकानुन बनाउनुहुँदैन भन्ने काँग्रेसको मान्यता रहेको स्पष्ट पार्नुभयो । यस्तै काँग्रेस वडा नं. १६ सभापती देवी आचार्यले पत्रकारले जे देख्यो त्यहि लेख्ने भएकाले पत्रकारको कलममाथि अंकुश लगाउनु अहिलेको सरकारको प्रेस स्वतन्त्रतामाथिको धावा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja