दुई तिहाइ मत संविधानअनुसार काम गर्नका लागि



पोखरा

 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले जनताको दुई तिहाइ मत संविधानअनुसार काम गर्नका लागि भएको बताउनुभएको छ ।

राष्ट्रिय जागरण अभियानको क्रममा काङ्ग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले संविधानभन्दा बाहिर गएर सरकारले काम गर्न नपाउने बताउनुभयो । संविधान विपरीत सरकार चल्न खोजे काङ्ग्रेसले आन्दोलन गर्ने उहाँले बताउनुभयो । “काङ्ग्रेस विधानअनुसार चल्नुपर्छ, विधान दायाँबायाँ गर्न हुँदैन”, पाण्डेले भन्नुभयो ।

कार्यक्रममा काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वसभापति रघुनाथ पौडेल, कोषाध्यक्ष रेशम गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालगायतले राष्ट्रिय जागरण अभियान मतदातालाई सचेत पार्नका लागि थालिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja