सरकारले विप्लवसँग वार्ता गर्नुपर्छ : बिजुक्छे



पोखरा

 

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बहुमत ल्याएर सरकार निर्माण गरे पनि उदाहरणीय एवं समजवादी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

नेमकिपाले आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बारेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानमा उल्लेख भएको प्रावधानअनुसार सरकारले समाजवादी काम गर्न नसकेको बताउनुभयो । उहाँले वार्तामार्फत सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताका माध्यमबाट राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले सिके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई प्रतिबन्ध लगाई लखेट्नु नहुने सुझाव दिनुभयो ।

उहाँले सरकारले प्रस्तुत गरेको बजेट समाजवादको विकासभन्दा पूँजीवादलाई बलियो बनाउने प्रकृतिको रहेको आरोप लगाउँदै अमेरिकाले कानूनी र गैरकानूनीरूपमा अन्य देशहरूमाथि हस्तक्षेप गरिरहेको भनाइ राख्नुभयो । कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले चालू आव २०७५/७६ र आव २०७६/७७ को बजेट वक्तव्यका प्रतिबद्धताका कतिपय वाक्य नै उही भएकाले सरकारले ल्याएको बजेट प्रतिबद्धताको पुलिन्दा मात्र भएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja