सुडान अपडेट : सेनाको गोली लागि मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो



पोखरा

सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको समाचारमा जनाइएको छ । सैनिक शासन विरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए । आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ । संयुक्त राज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् ।

चिकित्सकहरुको केन्द्रीय टोलीले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने दावी गरेका छन् । यी दुबै मुलुकले नागरिकलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दवाब दिइरहेका छन् । रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य संघसंस्थाहरुले पनि खार्तुममा ठूलो संख्यामा प्रदर्शनकारीहरु मारिएको र आपत्कालिन सहयोगको आवश्यकता परेको बताएका छन् । सुडानी प्रोफेसनल एसोसिएसन (एसपीए)ले सेनाले “रक्तपातपूर्ण आमहत्या” गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्णरूपमा असफल तुल्याउन “नागरिक अवज्ञा” गर्न आह्वान गरेको छ ।

सेनाको वर्तमान् नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैले लिएको हो । सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भएपनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja