आफ्ना छोराछोरीलाई प्रजातान्त्रिक देशमा पढ्न पठाएर कम्युनिष्टलाई भोट हाल्नु बिडम्बनाः कुँवर



पोखरा

हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस कास्की क्षेत्र नं ६ ले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर उम्मेदवार रामजी कुँवरले पोखराका लेकसाइडका स्थानीय बासीले आफ्ना छोराछोरीलाई अमेरिका, बेलायत जस्ता प्रजातान्त्रिक देशमा पढ्न पठाउने तर आफुले चाहिँ कम्युनिष्ट पार्टिलाई भोट हाल्नु विडम्बना भएको बताउनुभएको छ । उहाँले काँग्रेसले जागरण अभियानद्वारा आफ्नो बोली व्यवहारमा परिवर्तन गरेर विभिन्न सिपमुलक र विकास निर्माणका कार्यक्रमहरुलाई आम जनतासम्म लगेर जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रशिक्षकको रुपमा रहनुभएको नेपाली काँग्रेस क्षेत्र नं. २ प्रतिनिधिसभा सांसद उम्मेदवार देवराज चालिसेले सत्तासीन कम्युनिष्ट सरकारले भोटर हेरेर सरकारको स्रोत र साधन दुरुप्रयोग गरेको आरोप लगाउनुभयो । उहाँले सरकारको स्रोत कम्युनिष्टहरुले मात्र पाउने भए आम नागरिकले कर किन तिर्ने? कर पनि कम्युनिष्टहरुले मात्रै तिरे भयो भन्दै आक्रोस व्यक्त गर्नुभयो । उहाँले कम्युनिष्टहरु आफुले भ्रष्टाचार गर्ने र त्यसमा काँग्रेसलाई मुछेर भ्रम फैलाउने गरेको आरोप लगाउँदै एनसेलमा भएको घोटाला, वाइडबडिमा भएको घोटाला, सुनकाण्ड जस्ता भ्रष्टाचारमा पूर्णरुपमा कम्युनिष्ट नेताहरुको हात भएको आरोप लगाउनुभयो । उहाँले ‘मसँग विश्वास छ, मसँग क्षमता छ, म गर्न सक्छु’ भन्ने भावनाकासाथ जागरण आफुमा ल्याउनुपर्ने काँग्रेसका नेता-कार्यकर्तालाई अनुरोध गर्नुभयो । उहाँले सिंगापुर, थाइल्याण्डको उदाहरण दिँदै नेपालको पर्यटन विकासले मात्रै पनि नेपालको आर्थिक विकासलाई कायापलट पार्न सक्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारले वितरणमुखी आर्थिक बजेट पेश गरेको आरोप लगाउँदै दुःख व्यक्त गर्नुभयो । उहाँले नागरिकलाई भत्ता मात्रैको सुविधाभन्दा रोजगारी वृद्धि गरी श्रम दिन सक्ने व्यवस्था गर्न सके नेपाली जनताको जीवनस्तर माथी उठ्ने विश्वास व्यक्त गर्नुभयो ।

जागरण अभियानअन्तर्गतको यसै कार्यक्रममा कास्की वडा नं. ६ इकाई सभापति बलराम गिरीले आफु सधैँ आम नागरिक र काँग्रेसको सेवामा रहेझैँ यस क्षेत्रमा रहेसम्म आम नागरिक र नेपाली काँग्रेसको सेवामा तल्लीन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोशनाथ शर्माले राजनीति समूहमा हुने भएकाले एकअकाको खिचोतानो गर्न छाडेर अब काँग्रेस एकजुट भएर जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लामो समयदेखी काँग्रेसमा आवद्ध भई सेवा गरिरहनुभएका होमनाथ पहारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja