‘हस्तक्षेप अमान्य’ : सभापति देउवा



पोखरा

पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस, न्यायालय र मानवअधिकारमाथिको हस्तक्षेप नेपाली काङ्ग्रेसका लागि अमान्य हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देही शाखाले आइतबार भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भन्नुभयो, “यो सरकारले सबै ठाउँमा हस्तक्षेप गरिरहेको छ । स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका र मानवअधिकार आयोगमाथि पनि हस्तक्षेप गरिरहेको छ । यो कदापि मान्य हँुदैन ।” सरकारका कामप्रति विरोध गर्दै उहाँले काङ्ग्रेसले वाइडबडी, बालुवाटारलगायतका विषयमा अख्तियारले छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेट कायकर्ता पालनपोषण गर्ने शैली भएको टिप्पणीसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja