जङ्गली हात्तीले दश घरमा क्षति



पोखरा

कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणले सप्तरीको उत्तरी क्षेत्रमा आज बिहान १० घरमा क्षति गरेको छ ।

सो हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित कनकपट्टी टोलमा हात्तीले १० घर भत्काउँदा करीब रु तीन लाख बराबरको क्षति गरेको प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार कनकपट्टी बस्ने दुर्गानन्द सरदारको एक, फुलोदेवी सरदारका दुई फुसका घर, लक्ष्मण शर्माको एउटा फुसको घर भत्काउनुका साथै अन्नको क्षति गरेको छ । यस्तै देवी चौधरीको फुसको घर, कमल शर्माको फुसको घर, देवेन्द्र रामको फुसको घर,।उमेश्वर साहको टिनको छानो भएको घर भत्काउनुका साथै अन्न जङ्गली हात्तीले क्षति गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । देव कुमारी सरदारको टिनको छानो भएको घर, दनाइ सरदारको फुसको घर र सूर्यनारायण चौधरीको खेतमा लगाइ धानवालीसमेत नष्ट गरेको प्रहरीले जनाएको छ ।

हिजो मात्र हात्तीको समूह जङ्गल हुँदै रुपनीका विभिन्न क्षेत्रमा प्रवेश गर्न लागेको खबर आएपछि पुगेको प्रहरी टोलीले चार राउण्ड हवाई फायर गरी हात्ती धपाएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षका हात्तीको आक्रमणमा परी जिल्लामा एक वर्षभित्र छ जनाको ज्यान गइसकेको छ । यस अवधिमा हात्तिले ४८ घर भत्काएको छ भने १०० बिघाभन्दा बढी जमीनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानीय कृषक सीताराम चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja