श्रीमती बेच्नेलाई ३८ वर्ष कैद



पोखरा

दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ ।

भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो । आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो । न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज उक्त फैसला सुनाइएको हो । उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद भएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja