डेङ्गुको महामारी : बिरामी ७५ पुगे



पोखरा

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा उपचार गराउने १३ जना गरी डेङ्गुका बिमारीको सङ्ख्या ७५ पुगेको छ ।

धरान उपमहानगरपालिका र बिपी प्रतिष्ठानले बनाएको संयुक्त ¥यापिड रेस्पोन्स टिमले प्रत्येक घरमा पुगेर घरको अवस्था निरीक्षण गर्दा डेङ्गु सङ्क्रमित लामखेट्टेको अण्डा र लार्भा अत्यधिक पाइएको जनाएको छ । धरानमा डेङ्गु नियन्त्रणबाहिर रहेको चिकित्सकहरुले ठहर गरेका छन् । निरीक्षणबाट डेङ्गुको बिमारीको सङ्ख्या नियन्त्रणबाहिर रहने बताइएको छ । रेस्पोन्स टिमले वडा नं ५, १४, १ र १५ मा केहीका घरमा पुगेर हेर्दा जमेको पानी, जम्मा गरेर राखेको पानी र ट्याङकीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा करोडौँको सङ्ख्यामा भेटेको रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनालले जानकारी दिनुभयो ।

उहाँहरुले घरघरमा पुगेर जमेको पानी, प्रयोगका लागि जम्मा गरेर राखेको पानीमा डेङ्गुको बासस्थान हुने जानकारी गराउँदै अण्डा र लार्भा नष्ट गर्ने तरिका सिकाउनुभएको थियो । यता बिमारीको चाप बढेपछि प्रतिष्ठानमा श्यया अभाव भएको छ । हाल प्रतिष्ठानमा मेडिसिन वार्डमा बिरामी राखेर उपचार भइरहेको र उनीहरुको उपचारका लागि छुट्टै वार्ड बनाउने तयारी भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिनुभयो । डेङ्गुको महामारी अत्यधिक बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँलाई थप अनुसन्धान तथा नियन्त्रणका लागि आज पत्राचार गरिएको अस्पताल निर्देशक साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja