लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि



पोखरा

युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस वर्षको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ ।

स्पेनको म्याड्रिडमा शनिबार राति भएको फाइनल प्रतिस्पर्धामा लिभरपुलले टोटेनह्यामलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो । पहिलो गोल २ मिनेटभित्रै गरेको लिभरपुल र टोटेनह्यामबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । पहिलो गोल लिभरपुलका प्रतिभाशाली खेलाडी एवं प्लेमेकर मोहम्मद सालेहले पेनाल्टी मार्फत गरेका थिए । डिबक्सभित्र साडिओ मानेको क्रस पासमा टोटेनह्यामका डिफेन्डर सिसोकोको हातमा बलले छोएका कारण लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।

इङलिस प्रिमियर लिगमा दोस्रो र तेस्रो स्थानमा रहेका यी दुबै टिमले खेल अवधिमा गोल गर्ने केही अवसर पाएका थिए तर गोल हुन सकेको थिएन । दुबै तर्फका गोलरक्षकले सुन्दर प्रदर्शन गरेका कारण प्रतियोगितामा धेरै गोल हुन पाएन । तर लिभरपुलका लागि स्थानापन्न खेलाडी डिभोक ओरिगीले ८७औं मिनेटमा गोल गरी लिभरपुलको जित सुनिश्चित गरेका थिए । लिभरपुलले यो सहित छ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja