भारतीय काँग्रेसको संसदीय दलको नेतामा चौथो पटक पनि सोनिया निर्वाचित



पोखरा

भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनबाट उहाँ चौथो कार्यकालका लागि निर्वाचित हुनु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाउ उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह सुर्जेवालाले बताउनु भएको छ । भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि गठन भएको नयाँ लोकसभाको पहिलो बैठक यही जुन १७ देखि जुलाई २६ सम्म बस्ने भएको छ । नयाँ सरकारको नयाँ केन्द्रीय बार्षिक बजेट भने सरकारले यही जुलाई ५ तारिखका दिन सार्वजनिक गर्ने संभावना रहेको छ । लोकसभामा काँग्रेसको ५२ जना सांसद रहेका छन् । गान्धीले संसद्मा उनीहरुको नेतृत्व गर्नु हुने भएको छ । उहाँ सन् २००४ देखि निरन्तर काँग्रेसको संसदीय दलको नेता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja