पोखरामा दी आर्ट अफ लिभिङको युवा सम्मेलन



पोखरा

दी आर्ट अफ लिभिङको आयोजनामा ‘युथ इन एक्सन’ परियोजनाअन्तर्गत तीनदिने युवा सम्मेलन पोखरामा शुरु भएको छ ।

आध्यात्मिकतासँग सांस्कृतिक, सामाजिक र आर्थिक विषयमा युवाहरुलाई सहजीकरण गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा १८ देखि ३५ वर्ष उमेर समूहका एक हजारभन्दा बढी युवाको सहभागिता रहेको कार्यक्रम संयोजक सौमाया गुरुङ भट्टराईले जानकारी दिनुभयो । बिहानी, दिवा र सन्ध्या तीन चरणमा गरिने कार्यक्रमअन्तर्गत दी आर्ट अफ लिभिङको विश्व प्रसिद्ध ह्याप्पिनेसबाट सहभागीलाई आध्यात्मिकताको परिचय, योग, प्रणायाम र ध्यानका साथै सुदर्शन क्रियाको ज्ञान प्रदान गरिनेछ ।

दिवा सत्रमा ‘युवा नेतृत्व तथा उद्यमशीलता कार्यशाला’ हुनेछ जसमा युवा उद्यमीहरुको सकारात्मक कार्य र सफलताका कथाहरु प्रस्तुत गरी सहभागीहरुलाई उद्यमशीलताका लागि उत्पे्ररित गर्नेछ । सन्ध्या सत्रमा सहभागीहरुलाई आ–आफ्ना भौगोलिक र सांस्कृतिक परिचय दिने गीतहरु, नृत्य र झाँकी प्रदर्शन गर्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । सो सत्रको मुख्य उद्देश्य राष्ट्रिय एकता र सद्भावको सन्देशलाई बढावा दिनु रहेको संयोजक भट्टराईले जानकारी दिनुभयो । युथ इन एक्सनको दी आर्ट अफ लिभिङ नेपालका संयोजक एसके सिङले सो सम्मेलनको उद्घाटन गर्दै देश बनाउने नै युवाहरु भएकाले युवालाई शत्मार्गमा लैजान यस्ता कार्यक्रम आवश्यक रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja