रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना



पोखरा

पूर्वमन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीका स्मृतिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना भएको छ ।

प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्य रहनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १८ गते प्रतिष्ठानको औपचारिक घोषणा गर्ने जनाइएको छ । पोखरामा विहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष भट्टराईले जनताका नेता अधिकारीको विचार र राष्ट्रका लागि उहाँले पु¥याएको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो । उहाँले विकास, राजनीति र संस्कृतिको अनुसन्धानमा जोड दिने, विश्वविद्यालय स्थापना गर्ने तथा प्राविधिक क्षेत्रमा मानव स्रोत संसाधनको विकास गर्न प्रतिष्ठान लागिरहने जानकारी पनि दिनुभयो । प्रतिष्ठानका उपाध्यक्ष थापाले अन्य प्रतिष्ठानभन्दा रवीन्द्र अधिकारी प्रतिष्ठान फरक रहने र यसले अधिकारीको नामलाई जनजनमा चिरस्थायी बनाउने बताउनु भयो ।

प्रतिष्ठानका महासचिव आचार्यले प्रतिष्ठान गैरनाफामूलक संस्था रहने र यसमा तीन किसिमका सदस्यता रहने जानकारी दिनुभयो । साधारण सदस्यका लागि रु पाँच सय र आजीवन सदस्यका लागि रु पाँच हजार तथा विशिष्ट सदस्यका लागि रु एक लाख शुल्क लाग्ने बताइएको छ । युवा नेता अधिकारीको पाथीभरा क्षेत्रमा हवाई दुर्घटनामा परी गत फागुन १५ गते ५० वर्षका उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja