दक्षिणी सुडानमा जातीय भिडन्तमा परी २२ जनाको मृत्यु



पोखरा

जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सिमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

सुडानका सूचना मन्त्री मिचेल मयौतले  दिएको जानकारी अनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक फरक स्थानका युवाहरू हुन् । यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए । प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरु झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिनुभयो । “मङ्गलबार विहान सुरु भएको झडप राति अवेरसम्म चलेको थियो,” उहाँले भन्नुभयो । दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन् । उनीहरूको भिडन्तका क्रममा सयौँ मारिएका छन् भने त्यो भन्दा धेरै घाइते भएका छन् । त्यसैगरी अरु धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja