जागरण अभियान अन्तर्गत कास्कीमा महानगर स्तरीय जागरण कार्यक्रम



पोखरा

हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस कास्कीले आयोजना गरेको महानगर स्तरीय जागरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काँग्रेस केन्द्रिय नीति तथा अनुसन्धान प्रशिक्षण विभागका किशोर दत्त बरालले प्रशिक्षण दिनुभयो । उहाँले जागरण अभियानको उद्देश्य जनताको विश्वास जित्नु भएको बताउनुभयो ।बरालले राजनीतिमा शक्ति निर्माण भनेको बल र पैसा नभई जनविश्वास भएको प्रष्ट्याउनुभयो ।उहाँले काँग्रेसले जनविश्वास नजितेसम्म गाली र विरोधको भरमा विपक्षीलाई कमजोर बनाउन नसकिने जनाउनुभयो । जनविश्वास जित्ने कुरा गाह्रो र चुनौतिको कुरा भएको स्वीकार्दै उहाँले अब काँग्रेस जनताको आवाज सुनी जनताको पक्षमा रहनुपर्ने कुरामा पनि जोड दिनुभयो । उहाँले अरुलाई दोष लगाउने, होच्याउने काम छाडेर ठुलालाई सम्मान र सानालाई माया गर्ने प्रवृति काँग्रेसले वृद्धि गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन जोशीले काँग्रेसले हिजो गरेका गल्तिका आत्मआलोचना गरी अब सुध्रिनुपर्नेमा जोड दिनुभयो । पुर्खाले ल्याएको लोकतन्त्र अब नयाँ पुस्तामा स्थापित गर्नुपर्ने आवश्यकता भएको जोशीको भनाई थियो ।

कार्यक्रममा कास्की काँग्रेस नगर सभापति बजृमान श्रेष्ठले अहिलेको सरकारले लोकतन्त्रमाथि प्रहार गरेकाले अब काँग्रेस गुट उपगुट त्यागेर लोकतन्त्र बचाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja