पाल्पा दरबार सङ्ग्रहालय उद्घाटन गरी सञ्चालनमा



पोखरा

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ ।

सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशस्तरीय सङ्ग्रहालय रहेकाले सरकारको सहयोग रहने बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सचिव कृष्णप्रसाद ज्ञवाली, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, बुद्धिजीवी निर्मल श्रेष्ठलगायतले सङ्ग्रहालयको प्रभावकारी व्यवस्थापन र निगरानी आवश्यक रहेको बताउनुभयो ।

औपचारिकरूपमा सङ्ग्रहालय सञ्चालनमा आएपछि प्रवेश गर्नेहरुलाई शुल्क लगाउने व्यवस्था गरिएको छ । सङ्ग्रहालय प्रवेशमा प्रतिविद्यार्थी रु पाँच, स्वदेशी नागरिकलाई रु १५, सार्क देशका नागरिकका लागि रु ५० र अन्य विदेशी नागरिकका लागि रु १०० लाग्नेछ । क्यामेरा शुल्क नेपालीका लागि रु २५, सार्कका लागि रु ५० र अन्य देशका नागरिकका लागि रु १०० कायम गरिएको छ । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पर्यटक आकर्षणका लागि पाल्पा दरबार सङ्ग्रहालय सफल हुने बताउनुभयो । बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म सङ्ग्रहालय खुल्नेछ । मङ्गलबार भने बन्द रहने तानसेन नगरपालिका अधिकृत भरत आचार्यले बताउनुभयो । जिल्ला सदरमुकाम तानसेनस्थित बहुउद्देश्यीय पाल्पा दरबार सङ्ग्रहालयले सञ्चालन गर्ने योजना रहे पनि सोहीअनुसार काम हुनसकेको थिएन । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सामग्रीको जोहो गर्न भनिएपछि सोहीअनुसारका वस्तु सङ्ग्रहालयले राख्न सकेको छैन ।

राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार विसं २०६२ माघ १८ गते माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । दरबारको पुनःनिर्माण भई सङ्ग्रहालयका रुपमा बदलिएपछि अहिले यो पर्यटक आकर्षणको गन्तव्य बनेको छ । विसं २०६४ असार ३१ देखि निर्माण कार्य थालेर २०७० भदौ २० गते निर्माण काम सम्पन्न भए पनि दरबारलाई सङ्ग्रहालय बनाउने निर्णय भएपछि पाल्पा दरबारको महत्व बढेको हो । विसं २०७२ मा पाल्पा दरबार सङ्ग्रहालय स्थापना भई सञ्चालनमा आएपछि औपचारिकरूपमा उद्घाटन गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा भएको हो । सङ्ग्रहालय प्रदेश नं ५ मातहत र तानसेन नगरपालिकाको रेखदेखमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja