कृषकलाई अनुदान वितरण



पोखरा

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले विपन्न तथा बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ ।

कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका विपन्न बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरिएको हो । पचास कृषकलाई जनही रु २० हजारदेखि रु एक लाखसम्म अनुदान वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अगुवा किसान तीलबहादुर गुरुङ र मीनबहादुर गुरुङलाई जनही रु एक/एक लाख अनुदान वितरण गरिएको छ । उहाँले भन्नुभयो, “दुवैले व्यवस्थित तरिकाले आधुनिक खोरमा १५ भन्दा बढी माउ बाख्रा पालेकाले रु एक लाख अनुदान प्रदान गरेका हाँै ।” पशुपालन र कुखुरापालन गर्न खोेर निर्माण गरेका ११ विपन्न परिवारलाई रु २० हजारका दरले अनुदान रकम वितरण गरिएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार कुखुरा र बाख्रापालन गर्न खोर बनाएका तर लगानी गर्नसक्ने अवस्था नभएका किसान छनोट गरी रु २० हजारका दरले अनुदान उपलब्ध गराइएको छ । अठ्ठाइस् बाख्रापालक किसानलाई रु ३० हजारका दरले अनुदान वितरण गरिएको छ । रु ३० हजार पाएका किसानले कम्तीमा पाँच वटा माउ बाख्रा र व्यवस्थित खोर बनाएका छन् । दश भन्दा बढी माउ बाख्रा पालेका र व्यवस्थित खोर बनाएका नौ किसानलाई रु ५० हजारका दरले अनुदान वितरण गरिएको छ । चालू आर्थिक वर्षमा विनियोजित रु २२ लाख बजेटबाट किसानले बनाएको व्यवस्थित बाख्राको खोर, बाख्राको सङ्ख्या र विपन्नतालाई मूल्याङ्कन गरी अनुदान वितरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुदान पाएका किसानले अनुदान रकमको सदुपयोग गरे÷नगरेको अनुगमन गर्छौँ । दुरुपयोग भएमा तत्काल अनुदान जफत समेत गर्न सकिनेछ ।” त्यस्तै वडाले सात भैँसीपालक किसानलाई २५ प्रतिशत अनुदानमा रु ३५ हजार बढी मूल्य पर्ने घाँस काट्ने मेसिनसमेत वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja