मेलम्ची खानेपानी आयोजनालाई रु सात अर्ब ३९ करोड बजेट



पोखरा

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा पेश गरेको आव २०७६/७७ को बजेट प्रस्तुत गर्दै उहाँले मेलम्ची आयोजनालाई रु सात अर्ब ३९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । यस्तै सोही आयोजनाको दोस्रो खण्डको समेत प्रक्रिया शुरु गरिने भएको छ । इटालीको ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेको सो आयोजनालाई सरकारले हालै मात्र नयाँ प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । निर्माण व्यवसायीले तोकिएको समयमा नै काम गरेको भए सो आयोजना हाल सञ्चालनमा आइसक्ने थियो । गत माघदेखि अलपत्र सो आयोजनालाई अगाडि बढाउन केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गरेको थियो । यस्तै साना तथा मझौला खानेपानी आयोजना सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja