डुम्रे बजारमा सिसी टिभी जडानले आपराधिक घटना कम



पोखरा

तनहुँको डुम्रे बजारमा आपराधिक घटनामा कमी आएको छ । डुम्रे बजार क्षेत्र र आसपासमा सिसी टिभी जडानपश्चात् आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि अपराध कम हुँदै गएको हो ।सवारी साधनको अत्यधिक चाप हुने यस बजारमा चालक पनि दुर्घटनापछि भाग्न सकेका छैनन् । डुम्रेमा यस्ता घटना न्यून मात्रै भएको छैन धेरै जसो दोषी प्रहरीको फन्दामा परेका छन् । आपराधिक घटनामा कमि आउने तथा दोषीको उम्कने प्रयास विफल हुन थाले पछि डुम्रे बजारवासीमा खुशी छाएको छ ।

करीब तीन महीना अघि तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइ र इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको सक्रियतामा बजार क्यामेराको निगरानी राखिएको हो । सिसी टिभी फुटेजको आधारमा फागुन १९ गते पित्तललाई सुन भनेर तनहुँको सदरमुकाम दमौली र गण्डकी प्रदेशको राजधानी पोखरामा ठग्ने एक जना महिलालाई प्रहरीले पक्रन सफल भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले बताउनुभयो ।

“डुम्रे बजारबाट शङ्कास्पद महिलाको फुटेज पोखरा पठायौँ त्यसकै आधारमा पोखरामा प्रहरीले महिलालाई नियन्त्रणमा लिन सफल भयो”, प्रहरी निरीक्षक डाँगीले भन्नुभयो, “क्यामेरा राखेपछि चोरी, डकैती लागुऔषधजस्ता आपराधिक घटना ९० प्रतिशत कम भएको छ । चैत ९ गते आँबुखैरेनी गाउँपालिका–२ बराँदीमा यात्रुबसबाट ल्यापटप चोरी गरी भाग्ने एक जना पुरुषलाई पनि क्यामेराकै आधारमा पक्रन सफल भएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिनुभयो ।

डाँगीका अनुसार विभिन्न दुर्घटनाको तीन जना चालकले क्यामेराको प्रमाण पेस गरेपछि दोष स्वीकार गरेका छन् । क्यामेराको निगरानीमा छ भन्ने कुरा चाल पाएकाले दुर्घटनापछि एक जना चालक पनि नभागेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।चोरीलगायतका घटनामा पनि धेरै कमी आएकाले व्यापारीले सुरक्षित महसुस गरी खुशी भएको तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइका अध्यक्ष नेक महम्मद मियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja