समाजवादको आधार निर्माण गर्ने अभियानमा हातेमालो गर्न सम्पूर्ण नेपालीमा अध्यक्ष प्रचण्डको अपिल



पोखरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।

१२ औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीको काँधमा सुम्पिएकाले बामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु जिम्मेवारी हुन आएको बताउनुभयो । उहाँले इतिहासले सुम्पिएको यस महत्वपूर्ण जिम्मेवारीलाई बहन गर्नु अवसर र चुनौती दुवै रहेको उल्लेख गर्नुभयो ।

उहाँले २१ औँ शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र प्रगतिशील शक्तिलाई अपिलसमेत गर्नुभयो । “राजनीतिक परिवर्तनलाई जनताको जीवन बदल्ने शासन पद्धतिका रुपमा स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने अभियानमा हातेमालो गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
अध्यक्ष प्रचण्डले मुलुकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गर्दै जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलुकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको बताउनुभयो ।

संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त गरेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ताप्रति उच्च सम्मान र सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja