सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न थालेको देउवाको आरोप



पोखरा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न थालेको आरोप लगाएका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर आज काठमाण्डौँको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले सरकारले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको दावी गरे ।‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन,’ भन्दै देउवाले लोकतन्त्रको लागी कांग्रेस लडेको कुरा प्रष्ट पार्दै लोकतन्त्रको रक्षाका लागि तयारी अवस्थामा रहन पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja