‘नागरिकको जीवनपद्धतिका रुपमा गणतन्त्र स्थापित हुनुपर्छ’: मुख्यमन्त्री पोखरेल



पोखरा

प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुनुपर्ने बताएका छन् ।

उनले नेपाली समाजमा जनताका बीचमा रहेको गरीबी, अशिक्षा, पछौटेपन, विभेद र असमानतालाई निर्मूल गरेर गणतन्त्रलाई नेपाली समाजको जीवनपद्धतिका रुपमा स्थापित गर्नु आवश्यक रहेको बताए । गणतन्त्र स्थापना दिनका अवसरमा आज प्रदेश सरकारद्वारा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सबैले आ–आफ्नो जीवन पद्धतिलाई बदल्न नसक्दासम्म राष्ट्रलाई समृद्ध बनाउन र जनताको जीवनस्तरमा खुशियाली ल्याउन नसके गणतन्त्रले सार्थकता नपाउने उल्लेख गरे । उनले नेपालको संविधान राजनीतिक परिवर्तनका लागि सबैभन्दा उदार रहेकाले अब हिंसाको माध्यमबाट राजनीतिमा आफूलाई स्थापित गर्न खोज्ने प्रवृत्ति जनताका लागि अस्वीकार्य हुनुपर्नेमा जोड दिए ।उनले भने, “अहिले पनि हिंसालाई राजनीतिको अस्त्रका रुपमा प्रयोग गर्ने मान्यता राजनीतिक हुनै सक्दैन, यो जनताका बीचमा त्रास सिर्जना गरेर पैसा असुल गर्ने माध्यमका रुपमा मात्र रहने छ ।” उनले निराशाको कुरा गर्नेबाट राष्ट्रको समृद्धिको अपेक्षा गर्न नसकिने बताए । उनले नेपाल उच्च आर्थिक वृद्धिदरको बाटोमा प्रवेश गरिसकेकाले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सबैले आशाको सन्देश सम्प्रेशण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमस्थलमा प्रदेशका प्रदेश प्रमुख उमाकान्त झालाई मुख्यमन्त्री पोखरेल, प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्ती, प्रदेशका मन्त्रीहरु, उच्च पदस्थ अधिकारीले स्वागत गरेका थिए। कार्यक्रम परिसरमा प्रदेश प्रमुख झालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रम अघि बुटवलमा विभिन्न समुदाय, जातजाति र वेषभूषाका कला संस्कृतिसहितका झाकी प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja