नाइजेरिया आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु



पोखरा

नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गरे । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरुमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् । शेहुले प्रभावित क्षेत्रमा प्रहरीको नियमित गस्ती बढाइएको र सेनाले हवाई गस्ती थालेको जानकारी दिए । गाउँलेको हत्या हुनुको ठोस कारण अझै खुलेको छैन । आक्रमणका बारेमा नाइजेरियामा सक्रिय कुनै पनि समूहले जिम्मेवारी पनि लिएका छैनन् । जाम्फारा र कडुना राज्यमा जारी हत्या हिंसाले स्थानीय जनतामा त्रास फैलिएको छ । कतिपय अवस्थामा हतियारधारी समूहले किसानले पालेका गाईबस्तु लुट्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja