काङ्ग्रेसले बेथिति, अहंकार र घमण्डलाई फाल्नुपर्छ : नेता सिटौला



पोखरा

नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काङ्ग्रेस पार्टीले बेथिति, अहंकार र घमण्डलाई फालेर अघि बढ्नुपर्ने बताएका छन्।

विराटनगर महानगरपालिका कार्य समितिद्वारा १२औँ गणतन्त्र दिवस तथा राष्ट्रिय जागरण अभियानमा उनले पार्टीले जनभावनाअनुरुपको राजनीतिक एजेण्डा लिएर अघि बढ्नुको विकल्प नरहेको चर्चा गरे । पार्टीका अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनलाई पछि धकेल्न यो जागरण अभियान आएको भन्दै चिन्ता व्यक्त गरे । उनले कुबेलामा ल्याइएको जागरण अभियानबाट पार्टीलाई फायदा नपुग्ने विचार व्यक्त गरे ।

केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले काङ्ग्रेस जागरण अभियानले पार्टी र कार्यकर्तामा उत्साह थपिने कुरामा शङ्का नभएको जिकिर गरे। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी, नेपाल महिला सङ्घका केन्द्रीय सदस्य गोमा भट्टराई र नेपाली काङ्ग्रेस विराटनगर महानगरापालिका कार्य समितिका सभापति भीम पराजुली, काङ्ग्रेसका पुराना नेता अशोक कोइराला, जिल्ला सचिव नागेश कोइरालाले आपसी फुट र गुटमा लाग्नुभन्दा पार्टीलाई कसरी बलियो बनाउने हो त्यसतर्फ नेतृत्वले सोच्ने बेला आएको धारणा राखेका थिए।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja