काठमाडौं विस्फोटमा लडाकू कमाण्डरसहित आफ्ना कार्यकर्ता मारिएको विप्लवद्वारा स्वीकार



पोखरा

पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौंमा भएको श्रृङ्खलावद्ध बम विस्फोटमा मारिने चारै जना नेकपा विप्लव समूहको कार्यकर्ता भएको स्वीकार गरेका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार गरेका हुन्।  मारिने मध्ये एक जना जनमुक्ति सेनाका कमाण्डरसमेत भएको खुलेको छ । तर, मृतकमध्ये को जनमुक्ति सेनाका कमाण्डर हुन् भन्ने खुलाइएको छैन । विप्लव समूहले घटना कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउने बताएको छ ।विप्लव समूहले घटनाको दोष सरकारको दमन प्रवृतिलाई लगाएको छ भने प्रहरीका अनुसार घटना बम विष्फोट हुँदा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja