सिरियामा हिंसात्मक घटना बढे, २८ लडाकूको मृत्यु



पोखरा

सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकूकको ज्यान गएको युद्ध अनुगमनकर्ताहरुले बताएका छन् ।

मध्य सिरियाको हामा प्रान्तमा भएको उक्त कारबाहीपछि सरकारी फौजले काफ्र नबुदाहलाई पनि पुनः नियन्त्रणमा लिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अल–कायदासँग निकट सम्बन्ध रहेको नुस्रा फ्रन्टसँग आबद्ध हायात तहरिर अल–शाम (एचटीएस) बाट उक्त शहर सिरियाली सेनाले कब्जामा लिएको हो । सिरियाली सेनाले कफ्र नबुदाहलाई नियन्त्रणमा लिने क्रममा करिब ६७५ पटक हवाई आक्रमण गरेको थियो । अब्जरभेटरीका अनुसार शहरका पूर्वी र उत्तरी भेगमा पनि भिडन्त जारी छ । सिरियाली सेनाले गत मे ८ मा कफ्र नबुदाहलाई आफ्नो नियन्त्रणमा लिए पनि मे २२ मा विद्रोहीले पुनः कब्जा लिएका थिए । कफ्र नबुदाह उत्तरी र दक्षिणी सिरियाको मध्य भागमा रहेकाले पनि रणनीतिक महत्वको शहर हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja