शङ्कास्पद गतिविधिमा संलग्न पन्ध्र जना पक्राउ



पोखरा

नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट शङ्कास्पद गतिविधिमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।

‘विप्लव समूह’ले गरेको नेपाल बन्दका क्रममा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार काठमाडौँबाट सात, ललितपुरबाट चार, सुर्खेतबाट दुई तथा रुकुमपश्चिम र झापाबाट एक÷एक जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको पोखरेलले बताए। नेपाल बन्दका क्रममा देशभरका विभिन्न स्थानमा सवारी साधनमा आगजनी गरिएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार मकवानपुरमा दुई तथा सुर्खेत, नवलपरासी पूर्व, कालिकोट र रामेछापमा एक÷एक सवारी साधनमा आगजनी गरिएको छ । आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja