काङ्ग्रेसले गणतन्त्र दिवसमा विविध कार्यक्रम गर्ने



पोखरा

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यो वर्षको गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ उपत्यकामा बिहान शान्ति वाटिकाबाट प्रभातफेरी प्रारम्भ गर्दै शहरका विभिन्न चोक हुँदै पुनः शान्ति वाटिका कार्यक्रम समापन गरिने र साँझ शान्ति वाटिकामा दीप प्रज्ज्वलन गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए । जेठ १६ गते ‘सङ्घीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया कार्यक्रम गर्ने, काठमाडौँमा सभापति शेरबहादुर देउवाको प्रमुख अतिथ्यमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja