काठमाडौँमा विस्फोट:दुईको मृत्यु, ६ घाइते



पोखरा

काठमाडौँको दुई स्थानमा भएको विस्फोटमा परी आज दुई जनाको मृत्यु भएको छ ।

उक्त विफोटमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । “दुई ठाउँमा एक/एक जनाको मृत्यु भएको पुष्टि भएको छ, अन्य छ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ, अहिले उद्धारमै खटिएकाले घटनाको कारण यकिन भइसकेको छैन”, प्रवक्ता पोखरेलले भने, “मृतकको पहिचान खुलेको छैन ।” सुकेधारा विस्फोटमा घाइते भएका पाँच जनालाई उपचारका लागि ओम अस्पतालमा लगिएको र घट्टेकुलोमा घाइते भएका एक जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

साँझ करीब ५ बजेको आसपासमा काठमाडौँको सुकेधारास्थित ढलानी पुल र घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । सुकेधारामा एक सैलुन पछाडि विस्फोट भएको र घट्टेकुलोमा भने घरमा विस्फोट भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja