भारतको तल्लो सदन (लोकसभा)को विघटन



पोखरा

भारतका राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्।

भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलीपल्ट राष्ट्रपतिले शनिबार लोकसभा विघटनको घोषणा गरेका हुन्। शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन(एनडीए) ले ३५२ सिट हासिल गरेको छ । भाजपा एक्लैले भने ३०३ सिट ल्याएको छ । जुन नतिजा सन् २०१४ मा भन्दा २२ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ । एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु) ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई/दुई सिट तथा झारखण्ड विद्यार्थी सङ्घ, लोकतान्त्रिक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् ।

त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् । विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ । काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आबद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लिम लिगले तीन सिट जितेका छन् । त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन् । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक र तल्लो सदनको विघटनसँगै भारतमा फेरी नयाँ सरकार गठनको चरण सुरु हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja