पाकिस्तानी प्रधानमन्त्रीद्धारा मोदीलाई बहुमत ल्याएकोमा वधाई



पोखरा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

लोकसभा निर्वाचनमा उनको पार्टीले अत्याधिक बहुमत ल्याएकोमा बधाई दिदै खानले दक्षिण एसियाको शान्ति, संबृद्धि र प्रगतिका लागि सहकार्य गर्ने प्रतिक्षामा रहेको उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले बिहीबार नै आफ्नो पार्टी विजयी भएको दावी गरिसकेका छन् भने विपक्षी पार्टी काँग्रेसका अध्यक्ष राहुल गान्धीले पनि आफ्नो पार्टी पराजित भएको स्वीकार गर्दै मोदीलाई बधाई दिएका छन्। पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन्, “भाजपा र त्यसको गठबन्धन विजयी भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई छ, दक्षिण एसियाको शान्ति, संमृद्धि र प्रगतिका लागि सहकार्य गर्न चाहन्छौँ ।” प्रधानमन्त्री खानले यसअघि पनि मोदीको पार्टीले नै धेरै ठाउँमा जित हासिल गर्न सक्ने र उनीसँग मिलेर आफुले काश्मिर समस्या समाधान गर्न सक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja