पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर



पोखरा

चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।

विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ । यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ । अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ । स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई स्वास्थ्य समेतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । सुख्खासँग जुध्न प्रान्तीय सरकारले १७६ वटा पानी ट्याँकर पठाएको छ । यी ट्याँकरको पानी खेतीबालीका लागि प्रयोग गरिने सरकारले जनाएको छ । खानेपानीको अभाव समेत झेलिरहेका करिब ३० हजार मानिसका लागि यी ट्याँकरबाट पछिल्लो समय झण्डै पाँच हजार ६४३ टन पानी वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja