वैचारिक बहसमा कांग्रेस स्पष्ट छ : गगनकुमार थापा



पोखरा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली काङ्ग्रेस वैचारिकरुपमा विचलित नभएको बताएका छन्।

उनले काङ्ग्रेसमा गुटउपगुट भए पनि वैचारिकरुपमा स्पष्ट भएको बताए । पार्टीले देशभर सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता थापाले हिजोका दिनमा काङ्ग्रेसले गरेका गल्ती अब नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले भरतपुरमा माओवादीलाई भोट हाल्नु काङ्ग्रेसको ठूलो गल्ती भएको स्वीकारे । “काङ्ग्रेस नीति र विचारमा स्पष्ट छ”, उनले भने, “अबका दिनमा काङ्ग्रेसको लोकप्रियता बढ्दै जानेछ ।” नेता थापाले अहिलेको सरकारले युवा लक्षित कार्यक्रम ल्याउन नसक्दा विदेश पलायन हुनेको सङ्ख्या बढ्दै गएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja