नेपाली भाषामा एकरुपता ल्याइने



पोखरा

विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ ।

नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौं संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो । भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताए । “राष्ट्रिय परीक्षा बोर्डले पनि आफ्ना मातहतका सबै तहमा परिपत्र पठाइसकेको छ”, उनले भने । नयाँ प्रकाशन हुने नेपाली पाठ्यपुस्तक शब्दकोशको वर्णविन्यासानुसार तयार गरिने बताइएको छ ।उनी थप्छन्, “नेपाली विषय पढाइ हुने सबै निजी र सरकारी विद्यालयका पाठ्यपुस्तकमा नेपाली भाषामा एकरुपता ल्याइन्छ ।” शैक्षिक क्षेत्रमा एकरुपता ल्याउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरिसकेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja