जागरण अभियानले पार्टीभित्र नयाँ ऊर्जाः नेता बालकृष्ण खाँण



पोखरा

नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले पार्टीको जागरण अभियानले पार्टीभित्र नयाँ ऊर्जा थपिएको बताएका छन्।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ ले ‘हिमाल, पहाड तराई–मधेश राष्ट्रिय जागरण अभियान’का क्रममा यहाँ आयोजित कार्यक्रममा उनले जागरण अभियानले काङ्ग्रेसको सङ्गठन सुदृढीकरणमा सहयोग पुग्ने बताएका हुन्। “जागरण अभियानले नेता तथा कार्यकर्तामा उत्साह जागेको छ, यो उत्साहलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ”, उनले भने। नेता खाँणले पार्टीको आन्तरिक निर्वाचनमा पराजित उम्मेदवारले पार्टीभित्र भाग खोज्ने प्रवृत्तिले पार्टीलाई झन कमजोर बनाउँदै लगेको बताए । “पराजित व्यक्तिले विजयी उम्मेदवारलाई सघाएर अगाडि बढेमात्र पार्टी बलियो हुन्छ”, उनले भने। प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक खाँणले वर्तमान सरकार हरेक क्षेत्रमा निरङ्कुश बन्दै गएको आरोप लगाए । वर्तमान सरकार संविधान विपरीत काम गर्न उद्धृत रहेको उनको भनाइ थियो ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जागरण अभियानलाई काठमाडौँका सबै निर्वाचन क्षेत्रमा लैजाने गरी काठमाडौँ काङ्ग्रेसले काम गर्ने बताए । “पार्टीका नेता तथा कार्यकर्तालाई जागरुक गराउन जागरण अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने। काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालले पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य गर्न जागरण अभियानले महत्वपूर्ण सहयोग पुग्ने बताए । जागरण अभियानलाई सबै वडामा लैजाने उएको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja