राप्रपा केन्द्रीय समिति बैठक असार ६ र ७ गते काठमाडौँमा



पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ ।

बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट सङ्कलन गरेको हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट गरी गोरखामा समापन गरिने निर्णय भएको नेता देवेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार यही जेठ १५ गते पार्टी स्थापना दिवस मनाउन प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ । संसद्मा प्रस्तुत भएका र प्रस्तुत हुने विधेयक सम्बन्धमा राप्रपाका सांसदलाई सल्लाह, सुझाव दिन नेता निरञ्जन थापाको संयोजकत्वमा विधेयक परामर्श समिति गठन गरिएको छ । पार्टीको अक्षयकोष स्थापना सम्बन्धमा सुझाव दिन प्रवक्ता नीलकण्ठ काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यसैबीच पार्टीले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा रहेका विवादास्पद प्रावधानलाई सम्बन्धित पक्षसँग छलफल गरेर संशोधन गर्न सरकारसँग माग गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिको मङ्गलबार सम्पन्न बैठकले सरकारले संसद्मा प्रस्तुत गरेको उक्त विधेयकका केही दफाले पत्रकारका हक, हित र स्वतन्त्रतालाई कायम गर्न नसक्ने ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja