विभिन्न देशबाट एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किए



पोखरा

संयुक्तराष्ट्र संघीय आप्रवासन निकाय (आइओएम) ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको छ ।

यी शरणार्थी पाकिस्तान, इरान र युरोपेली मुलुकबाट स्वदेश फर्किएका हुन् । आइओएमले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा इरानबाट मात्र एक लाख ७४ हजार १८५ जना शरणार्थी अफगानिस्तान फर्किएको उल्लेख छ । इरानमा लामो समयदेखि रोजगारी पाउन समस्या भएपछि उनीहरु स्वदेश फर्किएको बताइएको छ । यसैबीच, पाकिस्तानबाट नौ हजार ५१९ जना तथा युरोपेली मुलुकहरुबाट ७१५ जना अफगानी स्वदेश फर्किएका छन् । अफगान शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्ष सन् २०१८ मा छिमेकी मुलुकहरुबाट आठ लाख ४९ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका वा फिर्ता गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja