सिरियामा हवाई आक्रमण दश सर्वसाधारण मारिए



पोखरा

सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन् ।

मारिएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका एक मानव अधिकार समूहले सोमबार जानकारी दिएको छ । रुसले इद्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि नै हवाई आक्रमण भएको थियो । सरकारी सुरक्षा बल र जिहादी समूहबीच भएको भीषण झडपपछि सो हवाई आक्रमण भएको सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । इद्लिब प्रान्तको कफ्रान्बेल शहरमा रुसको नेतृत्वमा भएको यस हवाई आक्रमणमा परी पाँच बालबालिका, चार महिला र एक पुरुषको मृत्यु भएको अब्जरभेटरीले जानकारी दिएको छ । यस शहरका रहेको अस्पतालनजिकै सो हवाई आक्रमण भएको बेलायतआवद्ध मानव अधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ ।

यस हवाई आक्रमणमा परी पाँच ओटा घरहरु ध्वस्त र क्षतिग्रस्त भएको एएफपी एक समाचारदाताले जनाएका छन् । सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो । सिरियामा जारी द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौको सङ्ख्यामा घाइते भएका छन् भने लाखौ व्यक्ति सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja